• बुधबार, जेष्ठ १, २०८२
  • | May 14, 2025

समाचार

निषेध अवधिमा प्रचारप्रसार गरिए कारबाही

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भएकाले सो अवधिमा प्रचारप्रसार गरिए कानुनबमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको पालना नभएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा […]

पूरा पढ्नुहोस्

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि (आज) बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । […]

पूरा पढ्नुहोस्

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ (पोका पार्ने काम), सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित […]

पूरा पढ्नुहोस्

सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : नेता प्रकाशमाननेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरेका छन् । लोकतान्त्रिक(वामगठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेता सिंहले बुधबार बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताएका हुन् । नेता सिंहले घरदैलोका क्रममा […]

पूरा पढ्नुहोस्

समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताएका छन् । गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेकाले समृद्धिको जनआकाङ्क्षा पूरा गर्ने बताए ।  काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री […]

पूरा पढ्नुहोस्

चुनावमा २ दिन सार्वजनिक विदा

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने […]

पूरा पढ्नुहोस्

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४ सय ३६ जनालाई एकदिने तालिम दिइएको हो । जिल्लाका २ सय १० मतदान केन्द्रमा खटिने ४ सय २२ मतदान अधिकृत […]

पूरा पढ्नुहोस्

खोटाङमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले ) का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का रामकुमार राई ‘पासाङ’ र नेकपा (एमाले) बाट विशाल भट्टराई उम्मेदवार छन् । वि.सं. २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ […]

पूरा पढ्नुहोस्

कांग्रेसले गर्‍यो ५ बागी उम्मेदवारलाई कारबाही

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जनालाई कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै ५ जनालाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा कांग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही, […]

पूरा पढ्नुहोस्

निर्वाचनको सुरक्षा तयारी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन । उनीले भक्तपुरमा निर्वाचनका लागि २ हजार २ सय १८ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए । यससँगै कमाण्ड, रिजर्भ […]

पूरा पढ्नुहोस्