• शनिबार, कार्तिक १, २०८३
  • | October 17, 2026


मनु पुरीको “हिंउदे सिंमिलाई” सार्वजनिक


नेपाली अपडेट
शनिबार, कार्तिक १८, २०८०
 

खोटांगको बिकट गाउँ बादेलम जन्मी हुर्की पछिल्लो समय निरन्तर संगीत क्षेत्रमा लागेर संगीतको अध्यन साथै गायनमा सक्रिय गायिका मनु पुरीको “हिंउदे सिंमिलाई” बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित गीतकार तथा संगीतकार डि. आर. अटुको शब्द संगीत तथा राजु कार्कीको संगीत संयोजन अनि लोकप्रिय गायक कृष्ण भक्त्त राई र गायिका मनु पुरीको स्वरमा सजिएको पूर्वेली लोक भाका हिंउदे सिंमिलाईमा गाउँले परिवेशका युगल जोडीको ख्यालठट्टा र संयोगान्त चरित्र चित्रण गरि तयार परिएको म्युजिक भिडियोमा जान राना र स्रिस्टि सुब्बा को बेजोड अभिनय रहेको छ। यस गीतको निर्त्य निर्देशन अभि लामाकोरहेको छ भने भिडियोको निर्देशन इसाक जगेबुले गरेका छन। म्युजिक भिडियो Manu Puri युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

पुरा भिडियो हेन तल क्लिक गर्नुस

 

अन्तिम पटक अपडेट गरिएको : November 29th, 2023,

सम्वन्धित समाचारहरु