• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


अन्तर्राष्ट्रिय विमानस्थल संचालनसँगै पोखरामा प्याराग्लाइडिङको निरन्तरताको खोजी


नेपाली अपडेट
सोमवार, साउन २५, २०७८
 

पोखरा : पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण साहसिक खेल प्याराग्लाइडिङ हुँदै आएको छ । यहाँ आउने विदेशी पर्यटकको रोजाइ अन्नपूर्ण,धौलागिरी हिमाल क्षेत्रको पदयात्रासँगै प्याराग्लाइडिङमा रमाउने पनि रहेको छ । पोखरामा प्याराग्लाइडिङकै लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको व्यवसायी
बताउँछन् ।

पहिलो कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन लगाएको थियो । लकडाउन खुलेसँगै करिब ६ महिनापछि असोज १ गते देखि पोखरामाव्यवसायिक प्याराग्लाइडिङ सुरु भएको थियो । पहिलो लकडान खुलेपछि पोखराको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै चलेको व्यवसाय नै प्याराग्लाइडिङ बन्यो ।

लकडाउन खुले पनि विश्वभर फैलिएको कोरोना संक्रमणका कारण विदेशी पर्यटक आएका थिएनन् । आन्तरिक पर्यटक प्याराग्लाइडिङमा निकै रमाए । प्याराग्लाइडिङउडान दैनिक १ हजार भन्दा बढी सम्म भएको नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले सुनाए । प्याराग्लाइडिङमा आन्तरिक पर्यटकलाई आकर्षण गर्न हवाई खेलकुद संस्थाले प्रति उडान ५० देखि ६० प्रतिशतसम्म छुट गरेको थियो ।

सामान्य अवस्थामा प्रति उडान ५ हजार देखि ८ हजार सम्म शुल्क लिदै आएका व्यवसायीले पहिलो लकडाउन खुलेसँगै प्रति उडान छुट दिएर २५ सयमा झारे । लामोसमय लकडाउनको कारण घरमै कैद भएका आन्तरिक पर्यटक लकडान खुलेसँगै चरा झै आकाशमा उड्न थाले । हवाइ खेलकुद संस्थाको छुटको सदुपयोग गर्दै धेरैपोखरेली पनि लकडाउन खुलेसँगै प्याराग्लाइडिङमा चरा झै आकाशमा उडान भरे ।

दोस्रो लकडान खुकुलो भएपनि प्याराग्लाइडिङ भने अझै खुलेको छैन् । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण काम सकियरसंचालनमा आएसँगै पर्यटकको प्रमुख आकर्षण मध्येका एक प्याराग्लाइडिङको भविश्य के हुने हो भन्ने चिन्ता पर्यटन व्यवासायीमा छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८१ प्रतिशत सकिसकेको छ । कोरोना संक्रमण नभएको भए यसै महिना विमानस्थलको टेष्ट फ्लाइट भएर नियमित उडान सुरु हुने थियो । सन्२०१७ को नोभोम्बर महिना देखि विमानस्थलको निर्माण सुरु भएको थियो । सन् २०२१ को जुलाई १० मा निर्माण सक्नु पर्ने सम्झौता थियो ।

चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइले तोकिएको समय सिमा भन्दा ६ महिना अघि निर्माण सम्पन गरेर हस्तान्तरण गर्ने बताउँदै आएको थियो । कोरोन संक्रमण भए संगै निर्माण कम्पनीको ६ महिनाअघि सक्ने लक्ष्य मात्र होइन सम्झौता भएको समय सिमामा समेत निर्माणका काम नसकिएपछि अहिले १ वर्ष समय थपगरेर १० जुलाई २०२२ सम्ममा निर्माण सम्पन गर्ने समय दिइएको छ ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको सराङ्कोट, तोरी पानी क्षेत्रबाट अहिले हुँदै आएको प्याराग्लाइडिङ उडान हुने नहुने विषय यकिन नभएकोले एक अरव बढीको लगानी रहेको प्याराग्लाइडिङ कम्पनीहरु चिन्तामा छन् ।’ अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा बन्नुपर्छ भन्ने हाम्रो पनि माग थियो । पोखरेलीको माग र चाहनाअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएकोमा हामी धेरै खुशी छौं, नाका अध्यक्ष भण्डारीले भने ।

अन्तराष्ट्रिय विमानस्थलको नियमित उडानलाई असर नगर्ने गरी साविक क्षेत्रमै एउटा बक्स छट्टाएर त्यहीभित्र प्याराग्लाइडिङ उडान भर्ने व्यवस्था मिलाउन व्यवसायीको माग छ । यस विषयमा प्याराग्लाइडिङ्ग संचालन तथा व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन २०७६ मा पनि यसको सम्भावना रहेको बताइसकेको छ

विकल्प एकमा साविकको क्षेत्रबाट सेवा संचालन गर्ने अवस्थामा शर्तहरुसहित प्याराग्लाइडिङ सेवा संचालन गर्न सकिने यसमा आधुनिक प्रविधि प्रयोग गरी वा अन्य कुनै व्यवस्थापकीय माध्यम प्रक्रियालाई यस्तै प्रकृतिका अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडि संचालन गरिरहेका स्वीजरल्याण्ड, इटाली, फ्रान्स लगायतका युरोपका देशहरुले अवलम्बन गरेको मोडल अनुसार गर्न सकिने अध्ययन प्रतिवेदन २०७६ मा उल्लेख छ ।

पोखरा क्षेत्रमा समेत प्याराग्लाईडिङ संचालनका विषयमा गठित अध्ययन कार्यदलका सदस्यहरुबाट ति देशहरुको अध्ययन भ्रमण गरि सोको आधारमा उपयुक्तमोड्यालिटी निर्धारण हुनुपर्ने रहेको छ ।

यसैगरी विकल्व दुईमा साविकको क्षेत्रभन्दा बाहेकका क्षेत्रबाट सेवा संचालन गर्ने साविकको सराङ्कोट, तोरीपानी र मान्द्रेढुंगा क्षेत्र भन्दा वाहेकका क्षेत्रहरुबाट प्याराग्लाईडिङ सेवा संचालन गराउनु पर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एयरस्पेस भन्दा बाहिर पर्ने तर पोखरा उपत्याका आसपासका क्षेत्रहरु पञ्चासे, माछापुच्र्छेगाउँपालिका लगायत क्षेत्रहरुबाट संचालन गराउन सकिने प्याराग्लाईडिङ्ग संचालन तथा व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन २०७६ मा उल्लेख रहेको छ ।

अध्ययन टोलीमा नागरिक उड्यान प्राधिकरण प्रधान कार्यालयका तत्कालीन एयर ट्राफिक डिपार्टमेण्टका उपनिर्देशक सुभाष झा संयोजक रहेका थिए । उनीसहितअन्य सम्बन्धित सरकारी कार्यालय तथा प्याराग्लाइडिङका व्यवसायिक संस्थाका प्रतिनिधि सदस्य रहेका थियो । कार्यदललाई प्याराग्लाईडिङ सेवाको भाडादर सम्बन्धि अध्ययन, मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ संसोधनसम्बन्धी, पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सम्पन्नपछि आउने अवस्थाको अध्ययन
अवलोकनलगायत तोकिएको थियो ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख  विनेश मुनंकर्मीले हाल प्याराग्लाइडिङ भइरहेको स्थानमा विमानस्थल संचालनमा आएसँगै अहिले जस्तै गरेर प्याराग्लाईडिङ नियमीत हुन सक्ने अवस्था नदेखिए पनि स्वीजरल्याण्ड, इटाली, फ्रान्स लगायतका युरोपका देशहरुले अवलम्बन गरेको मोडल अनुसार गर्न सकिने विषयमा अध्ययन गरेर उपाय खोज्नु पर्ने बताए । यसबारेमा विज्ञ समूहले थप अध्ययन भएपछि मात्र भन्न सकिनले उनले बताए ।

पोखरामा ६० कम्पनीले प्याराग्लाइडिङ सेवा दिइरहेका छन् । पोखरामा ३ सय ४२ जना नेपाली प्यारापाइलोटले व्यवसायीक उडान भरिरहेका छन् । विदेशी प्यारापाईलोट करिब १५ जना रहेका छन् । एक पटकमा ३ सय ५० जनाले पोखराको आकाशमा उडान भर्ने गर्दछन् । २५ जना प्यारापाइलोट अध्ययन सकेर व्यवसायिक उडान गर्ने तयारीमा रहेका छन् । प्याराग्लाइडिङ क्षेत्रमा १ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको नेपाल हवाई खेलकुद संस्थाका महासचिव बलरामआचार्यले बताए । सन् २००१ देखि पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ सेवा सुरु भएको हो ।

प्रकाशित भएको : August 9th, 2021

सम्वन्धित समाचारहरु