Author: नेपाली अपडेट

गायक दुर्गेश थापालाइ लोक दोहोरीगित प्रतिष्ठान बाट बहिस्कार अब कुनै क्षेत्रमा गित गाउन नपाउ
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन । प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले वैठकले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने लगायतका केही निर्णय […]
पूरा पढ्नुहोस्
काठमाडौं वासीको मेलम्ची सपनामा फेरि तुषारापात
१८ साउन, काठमाडौं । २०४१ सालमा प्रारम्भिक अध्ययन हुँदा मेलम्चीको पानी काठमाडौं आउने कुरा काठमाडौंवासीको लागि सपनाजस्तै थियो । ३६ वर्षको प्रतीक्षापछि गत चैतमा सपना साकार त भयो, तर त्यसले ल्याएको खुसी दुई महीना पनि टिक्न सकेन । गत असार १ को बाढीले क्षतिग्रस्त आयोजनालाई शनिबार फेरि आएको बाढीले अनिश्चयतर्फ धकेलिदिएको छ । यो दुर्दशाले…
पूरा पढ्नुहोस्
गगनकुमार थापालाई बधाई दिनेको ऒइरो ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथ युवा नेता गगनकुमार थापा पनि मन्त्री बन्ने होडमा रहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नेता थापालाई मन्त्री बनाउने लगभग सहमति भइसकेको स्रोतको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा नेता थापालाई संस्थापना इतर रामचन्द्र पौडेलको पक्षबाट सरकारमा सहभागी गराइने भएको हो । नेता थापाले सरकामा सहभागी हुने […]
पूरा पढ्नुहोस्
कालीगण्डकी करिडोर १८ दिनपछि खुल्यो
बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो । आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै […]
पूरा पढ्नुहोस्
काठमाडौंमा आजदेखि जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह
काठमाडौं- अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको […]
पूरा पढ्नुहोस्
नेपाल तरुण दल कार्य सदस्य तथा यूवा समाजसेवी कुन्साङ्ग लामा घिसिङ्गले सहयोग गर्ने भएको छ ।
भारी वर्षाको कारण देशभर सिर्जित प्राकृतिक विपदको अवस्थामा मनाङ जिल्ला, नासङ गाउँपालिका क्षेत्रका वाढी पहिरो पिडितहरुलाई नेपाल तरुण दल कार्य सदस्य तथा यूवा समाजसेवी कुन्साङ्ग लामा घिसिङ्गले सहयोग गर्ने भएको छ । विपदको घडीमा सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने हेतुले अति आवश्यक नुन, तेल, चामल लगायतका खाद्यान्न सामग्री सहित घिसिङ राहत वितरण स्थलमा […]
पूरा पढ्नुहोस्
गाउँपालिका अध्यक्षलाई कालोमसो दलेर यसरी स्वागत गरेका छन।
“बझाङ, मस्टा गाउँपालिकाका युवाहरू लकडाउनका कारण काठमाडौ लगायत विभिन्न ठाउहरुमा फसेका हुदा उद्दार गर्दिनु होला भनी गाउपालिका अध्यक्ष कर्ण बहादुर कठायतलाई सम्पर्क गरि समस्या राख्दा उल्टै अध्यक्षले आबेगमा आई त माटोक्ने को होस् अहिले देशमा एमालेको सरकार छ म एमाले हु यार म कसैलाई चिन्दिन भनी भनी धम्की साथसाथै गाली पनि गरेको कारणले सोही गाउँपालिका […]
पूरा पढ्नुहोस्
सर्वोच्च जाँदै, १५० बढी सांसदहरू विघटनविरुद्ध देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग
काठमाडौ: प्रधानमन्त्री केपी ओलीले मध्यरातमा गरेको संसद् विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्त्रिक रहेको दाबी गर्दै पाँच दलका शीर्ष नेतासहित १ सय ५० बढी सांसदहरू सोमबार सर्वोच्च अदालत जाँदैछन्। आइतबार नै अदालत जाने तयारी भए पनि कानुनविद्सँगको परामर्श र सांसदहरूको हस्ताक्षर संकलनले गर्दा सोमबार रिट दायर गर्न लागिएको हो। बहुमत सांसदहरू अदालतमा उपस्थित भएर […]
पूरा पढ्नुहोस्
अबको निषेधाज्ञामा थप कडाइ संक्रमण बढ्ने क्रम नरोकिएपछि, यस्ता हुने छन् अबका नियम
काठमाडौ । कोरोना महामारी फैलने क्रम नरोकिएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरी थपिने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले फेरी एक साता निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाएका छन् । दोस्रो लहरको कोरोना भयावह हुने क्रम नरोकिएपछि चेन ब्रेक गर्न आवश्यक देखिएकाले निषेधाज्ञा लम्ब्याउने निष्कर्षमा प्रमुख जिल्ला अधिकारीहरु पुगेका हुन् । ‘अहिलेको अवस्थामा […]
पूरा पढ्नुहोस्
मतदानस्थल पुगे बादल, छाता ओढेर यसरी हुनेछ मतपरिणामको घोषणा
हेटौंडा, ६ जेठ । राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । हेटौंडाको भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । झरी परिरहेकोले मतदानस्थलमा छाता ओढेर पुगेका छन् उम्मेद्धवार रामबहादुर थापा बादल । उनको सचिवालयले सामाजिक सञ्जालमा छाता ओढेर मतदानस्थल जाँदै गरेका तस्विर सार्वजनिक गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान […]
पूरा पढ्नुहोस्