समाचार
नाम्ग्यल ज्याङ्छुप छोइलिङ गुम्बाको प्रवेशद्वार उद्घाटन सम्पन्न गरियो।
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध -६ काठमाडौं तिनचुलीस्थित नाम्ग्यल ज्याङ्छुप गुम्बाको नव निर्मित प्रवेशद्वार बिशेष कार्यक्रमकासाथ समुद् उद्घाटन सम्पन्न गरियो। श्रद्धेेय परम् पूज्यनीय लोप्साङ नाम्याल रेम्पोछेको र संघीय संसद माननीय कृष्णबहादुर राई ज्यू को संयुक्तरूपमा बौद्ध धर्म परम्परा अनुसार पूजापाठ गरि समुद् उद्घाटन गरिएको उक्त कार्यक्रममा बौद्ध नाथ क्षेत्र विकास […]
पूरा पढ्नुहोस्
विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ्ग पुन: नियुक्त
नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य […]
पूरा पढ्नुहोस्
कुलमान घिसिङ अझै विद्युत प्राधिकरणमा नियुक्त भएनन
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्न सिफारीस गरेको छ, उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । बेलुका ४ बजे बसेको मन्त्रिपरिषदको बैठक सकिएपछि विद्युत प्राधिकरणमा कुलमान घिसिङको दोस्रो पटक सिफारीस गरिएको हो । ‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा […]
पूरा पढ्नुहोस्
गृह सचिवमा टेकनारायण पाण्डे नियुक्त
काठमाडौं : सरकारले टेकनारायण पाण्डेलाई गृह सचिव बनाएको छ। मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो। गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा सरुवा गरेको छ ।त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ […]
पूरा पढ्नुहोस्
भूमि आयोग खारेजीको निर्णयविरूद्ध सर्वोच्चमा ४ रिट
काठमाडौँ — सर्वोच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ आइतबार दायर गरिएको रिट निवेदनमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग […]
पूरा पढ्नुहोस्
सुरज र मलिना न्यूयोर्कमा ..मिस नेपाल नर्थ अमेरिकाका लागि शृङ्खला,
न्यूयोर्क सहरमा आगामी अगस्त ७ का दिन आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि पूर्व मिस नेपालहरु शृङ्खला खतिवडा र मलिना जोशी तथा प्रख्यात कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी न्यूयोर्क आइपुगेका छन् । उनीहरूलाई विमानस्थल स्वागत गर्न आयोजकको तर्फबाट संस्थापक सभापति सैलेस श्रेष्ठ लगायत आयोजकहरू पुगेका थिए । उनीहरूलाई […]
पूरा पढ्नुहोस्
एमसीसी सम्झौता तत्काल अघि नबढाइने
काठमाडौँ — सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता तत्काल संसद्मा टेबुल नगर्ने भएको छ । सरकार सञ्चालनसम्बन्धी ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ को मस्यौदामा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिमा एमसीसी सम्झौता यथास्थितिमा अघि नबढाउने संकेत गरिएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको ‘न्यूनतम साझा कार्यक्रम’ मा परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति […]
पूरा पढ्नुहोस्
खोटाङ कांग्रेसद्वारा जिल्लाको महत्वपुर्ण पूर्वाधार बिकासका संरचना निर्माणको लागि मागपत्र पेश
काठमाडौं । नेपाली कांग्रेस खोटाङले पक्कि पुल निर्माण तथा सडक स्तरोन्नती सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष मागपत्र पेस गरेको छ। बुधबार कांग्रेस खोटाङका नेता तथा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्व पार्टी सचिव महेन्द्र कुमार कट्वाल, नेता रोजन राई, दिप्रुंग चुइचुम्म गाउँ पालिका उपाध्यक्ष सपना राई ने. वि. संघका नेता जय कुमार तामाङ्ग, […]
पूरा पढ्नुहोस्
प्रहरी हिरासतभित्र किन जान्छ दलित प्रदेश २
प्रहरी हिरासतभित्रै पल्टु रविदासको मृत्यु भएपछि अहिले धनुषा प्रहरीविरूद्ध दिनहुँ प्रदर्शन भइरहेका छन्। घटनाको छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्ति माग्दै दलित अगुवा तथा विभिन्न संगठन आन्दोलनमा उत्रिएका छन्। साउन १५ गते बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टुको शव परिवारले अझै बुझ्न मानेका […]
पूरा पढ्नुहोस्
टुक्रे योजना धेरै हुँदा प्रतिफल कम
मकवानपुर । भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशले मंगलबार हेटौंडामा आयोजना गरेको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगतिको समीक्षा कार्यक्रममा जलस्रोत तथा सिंचाई र तटबन्धका टुक्रे योजनाहरु धेरै हुँदा काम गर्न समस्या हुने गरेको औंल्याइएको हो । बागमती प्रदेशमा जलस्रोत, सिंचाई तथा तटबन्धका साना तथा टुक्रे योजनाहरु धेरै भएकाले गुणस्तर कायम गर्न र लक्ष्य अनुसारको […]
पूरा पढ्नुहोस्